Written by: Umanga Khatiwada - 23047, Grade XI
Posted on: 05 April, 2022
नौ महिनासम्म गर्भमा राखी जन्म दियौ मलाई
कयौँ पल दु:ख सही सुख दियौ मलाई
जीवनको बाटो कस्तो भनी देखाइदियाै मलाई
दु:ख, कष्टमा हिँड्न सिकायाै मलाई ।
कोख नै कोख गरी खाना खुवाई बाँच्न सिकायाै मलाई
जीवनका हरेक पलसँग जुधेर नाच्न सिकायाै मलाई
तिम्रा ती कोमल हात मेरा शिरमा राखी, खुसी बनायाै मन मेरो
मेरा लागि भन्दा भन्दै खुसी खोस्याै आफैँले आफ्नाे ।
मैले कहिले सोचिनँ, तिमीले मलाई माया गर्छ्याै,
लाग्थ्यो, मलाई तिमीले जहिले गाली मात्र गर्थ्याै,
अलि अलि गर्दा गर्दै हुर्काइदियाै मलाई
मनमा हरेक पिर बोकी खुसी दियाै मलाई ।
तिमी कति महान् छौ, हर्ष दिन्छौ अरूलाई
दु:ख जति तिम्रो थियो, खुसी जति मलाई
तर त्यति बेला नबुझे पनि अहिले भने मैले बुझेको छु,
आफ्नो लागि बाटो पनि अर्कै कोरेको छु ।
त्यही भएर मैले तिम्रो सम्झना गरिरहेछु,
तिम्रै यादमा हरेक पल बाँचेर पनि मरिरहेछु ।