Logo

Student Corner

कस्तो हो यो अन्तरमन ?

Written by: Aarpan Acharya - 23010, Grade XI

Posted on: 04 April, 2022

कस्तो हो यो अन्तरमन ? 

आफ्नै आँसुको कारण नबुझी 

खाली अनन्त समुद्रकाे उत्पत्तिबारे खोज्न हिँड्छ, 

कस्तो हो यो अन्तरमन ? 

मनभित्रको कमजोरी नबुझी

बाहिरी संसारमा 

आफ्नो शक्ति प्रदर्शन गर्दै हिँड्छ । 


 

कस्तो हो यो अन्तरमन ? 

याे अराजक बस्तीमा

गाईजात्रा देख्छ, 

यसले घोडेजात्रा देख्छ, 

अन्तर्जात्रा भने कहिले देख्ने ?

अन्तरङ्गको भेलबाट मुक्ति यसले कहिले भेट्ने ?


 

कस्तो हो याे अन्तरमन ? 

भोक त छ तर खाने इच्छा हुँदैन, 

कस्तो हो याे अन्तरमन ?

शाेक त छ तर अनुहारमा दु:ख हुँदैन ।  


 

कस्तो हो यो अन्तर्मन ? 

जसलाई आफू छु भन्ने त थाहा छ,

तर कस्तो छु भन्ने पत्तो छैन,

बाहिरी नकाब पनि जिज्ञासु छ,

अब त यो अन्तर्मनको आकार बुझ्नलाई

बाहिरी नकाबको यो नियत देखेर 

फेरि प्रश्न नै परिवर्तन गर्दिन्छ, 

होइन, कस्तो हो यो अन्तरमन ?