Logo

Student Corner

समय

Written by: Aditya Majhi - 22004, Grade XII

Posted on: 04 April, 2022

न लुकएर लुकाइने 

न मेटाएर मेटिने 

समय !


 

छैन यसको केही ठेगाना 

तर छ धेरै नै परवाना 

न यसको कुनै छ मुहान 

न त निश्चित पहिरन

समय !


 

न कसेैकाे निम्ति अड्याएर अडिने

न त बगेर सकिने 

तर यसको बहारले ल्याउँछ परिवर्तन

किनकि सबै ऋतु यसकाे पहिचान

समय !

 

सबै चल्छन् यसकै इसारामा 

दिनमा घाम र रातमा चन्द्रमा 

यसको परिणाम अन्धकार र उज्यालाे 

गर्मीमा चम्किलो घाम 

त जाडोमा तुँवालो

समय !

सबै यसको चालमा निरन्तर चलिरहन्छन्,

भूतलाई वर्तमानमा अँगालेर भविष्य लम्किरहन्छ,

सबसे अमूल्य अनि महान् 

समयको महत्त्व सबलै जान 

यही नै हो सबैकाेे निम्ति ज्ञान 

समय !