Logo

Student Corner

आमा

Written by: Neharika Panta - 23028, Grade XI

Posted on: 31 March, 2022

आमा ! आमा ! आमा ! 

हेरचाह गर्ने 

र मेरो शिक्षक तिमी नै 

जसले मलाई जिउन सिकायौ । 

एक गोप्य रक्षक र 

एक साथी 

जसले दिँदैनौ कहिल्यै धोका 

एकदमै विशेष मान्छे तिमी 

जसले मलाई 

माया र हेरचाह गर्छ्यौ, 

बिना कुनै सर्त र स्वार्थ ।

आमा !

तिमी सबैभन्दा 

राम्री व्यक्ति हौ, 

माया गर्ने साथी 

अनि मेरी आफ्नी हौ । 


तिमी एक चामत्कारिक नारी हौ आमा !

मेरा लागि 

आफ्नो अमूल्य समय, 

आफ्नो सर्वस्व समर्पण गर्ने

त्यसैले त तिमी चामत्कारिक छाै आमा !