Logo

Student Corner

परिवेश

Written by: Binaya Rijal - 22020, Grade XII

Posted on: 31 March, 2022

कठै !

म कसलाई भनूँ ?

यहाँ लुटेर, भुटेर

खानेहरू धेरै छन्,

नभरिने पेटमा काेची काेची

भरिरहेका छन् । 


 

आस्था हराएकाे छ,

स्वास्थ्य खल्बलिएकाे छ,

थाहा छैन कुन बेला 

कुन माेड आउने छ 

बाजा नबजाई

कुन चरामाथि !


 

विवशताकाे खाेल 

ओढ्नुपरेकाे छ निर्दाेषहरूले

उत्रिनु परेकाे छ मैदानमा

माेतीविन्दु लगाएर आँखामा

बराबरकाे राेमान्चक खेल

चलिरहेकाे छ त ?

कठै !

म कसलाई भनूँ ?


 

बुबालाई भनूँ ?

आमालाई भनूँ ?

समाजका सेवक/सेविकालाई भनूँ ?

या नेपाललाई स्विट्जरल्यान्ड बनाउँछु भन्ने राजनेतालाई भनूँ ?

म कसलाई भनूँ ?


 

के चलिरहेकाे छ यहाँ ?

एउटा कलिलो मस्तिष्कले

साेचिरहेछ,

आन्दोलनको बारेमा

नेपाल बन्दकाे बारेमा

राजनेताकाे बारेमा

मात्र साेचिरहेछ,

आन्दाेलनमा टाउकाे फुटालेकाे

सशस्त्र प्रहरीको बारेमा !