Logo

Student Corner

आभाष

Written by: Ishan Adhikari - 23023, Grade XI

Posted on: 30 March, 2022

तिमी नजिकै हुँदा आकाशमा पन्छीझैँ उड्ने म 

तिम्रो बोली सुन्दा मनभित्रबाट मग्न हुने म 

एकान्त र एक्लोपनकाे एकमात्र साथी 

तिम्रो त्यो मिठो आभाष  

मेरा खुसी र रमाइला पलहरूको आधार 

तिम्रा यादहरूकाे मिठो आभाष ! 


 

तिमी आफ्नो त्यो छोटो कालो केस 

जब छोडेर आउने गर्दछ्याै,

मेरो तन र मनमा सधैँका लागि 

जोडिएर बस्न खोज्दछ्याै,

मेरा दुःख र सुख दुवैमा 

सम्झिने गर्छु म

तिम्राे त्याे मिठाे आभाष ! 


 

साना अनि राम्रा तिम्रा आँखाहरूमा 

मेरो दृश्य देख्ने ठुलो रहर जागेको छ, 

तिम्रो त्यो हाँसोको कारण 

म आफैँ हुन मन लागेको छ, 

त्यसैले तिम्राे त्याे मिठाे आभाषसँगै 

तिमीलाई पनि सँगै राख्ने सपना देखेको छु ।

 

एकान्त र एक्लोपनकाे एकमात्र साथी 

तिम्रो त्यो मिठो आभाष 

मेरा खुसी र रमाइला पलहरूको आधार 

तिम्रा यादहरूको मिठो आभाष 

तिमी सँगै हुँदाको मिठो आभाष !