Logo

Student Corner

नेपालः एक कृषि प्रधान देश ?

Written by: Binayak Kumar Mahato - 22025, Grade XII

Posted on: 29 March, 2022

हाम्रो देश नेपाल प्राकृतिक रूपले सुन्दर छ र यहाँ प्रकृतिक सुन्दरताको कमी छैन तर प्राकृतिक सुन्दरता मात्र भएर के गर्नु ? हाम्रो देशमा भएका वनस्पति र प्रशस्त नदीनाला वा अरू नै कुनै स्रोतबाट फाइदा लिन सकेका छैनाैँ हामीले । हाम्रो देशमा आजको समयमा झन् यो राजनीतिक अस्थिरताले गर्दा केही कुराको पनि राम्रोसँग विकास हुन पाएको छैन र भइरहेको विकासले पनि गति लिन सकेको छैन । हाम्रो देशमा अहिले हेर्ने हो भने हाम्रो देश केही कुरामा पनि आत्मनिर्भर हुन सकेको छैन । बर्सौंदेखि भन्दै आइएको ‘कृषि प्रधान देश’ मा अहिले हेर्ने हो भने यहाँका जनताले बिहान काम नगर्दा बेलुका खान नपुग्ने अवस्था आएको छ । हाम्रो देश कृषि गरेर पनि आफ्नो माग धान्न नसक्ने अवस्थामा छ अहिले । हाम्रो देशमा राम्रो खेतीपातीलाई सुहाउँदो मौसम हुँदा त हामीले खेतीपातीबाट आफ्नो गुजारा गर्न सक्नुपर्छ र खेतीपाती गर्दा आफ्नो भोक मेट्न मात्र नभएर विश्वको भोक मेट्ने विचारले गर्यौं भने चाहिँ हाम्रो देशले केही विकासको गति लिन सक्छ । 


हाम्रो समाजमा उसले गरेपछि म गर्छु भन्ने सोचले हाम्रो समाज मात्र नभई देशलाई नै पछाडि धकेलेको छ । हाम्रो नेपालकाे नाममा लागेका विभिन्न ट्यागहरू ट्यागमै सीमित हुन पुगेका छन् । हाम्रो देश कृषि प्रधान देश भए पनि हाम्रो देशले उब्जाएको अन्नले हाम्रो देशकै सबै जनतालाई पनि नपुग्ने अवस्था सिर्जना भएको छ । हाम्रो देशमा अन्न उब्जाउनका लागि उपयुक्त वातावरण र मौसम छ । हामीले प्रशस्त अन्न उब्जाउन सक्यौँ भने हाम्रो देशले केही विदेशी मुद्रा भए पनि भित्र्याउन सक्ने अवस्था आउँछ । 


हाम्रो देशमा कृषिमा सरकारले जोड दिएको पनि हामीले देखिरहेका छौँ । जस्तै कि अहिले पनि काठमाडौँबाट केही बाहिर गाउँघरतिर हेर्ने हो भने त्यहाँ समय समयमा सरकारद्वारा जाैको बिउ, धानको बिउ, पम्पसेटजस्ता बिउबिजन तथा कृषि सामग्रीहरू गरिब किसानहरूलाई र कृषि सामग्रीको खाँचो भएका व्यक्ति चिनेर गाउँ समाजमा आएका कृषि सामग्री वितरण हुने गरेको छ । यस्ता कुराले पनि कृषिप्रति किसानहरूमा केही बढी आकर्षण जागृत हुन्छ जस्तो मलाई लाग्छ ।