Logo

Student Corner

तर गर्न केही सकिनँ ।

Written by: Kirtan Poudyal - 23024, Grade XI

Posted on: 29 March, 2022

बाटामा हिँडिरहेको थिएँ म 

लक्ष्य पुग्ने कहीँ थिएन, 

अगाडि आयो एउटा हात 

माग्न खोज्याे पैसा त्यो हातले ।


देखेर त्यो दृश्य, लाग्यो साह्रै दुःख 

ल्याउन त मन थियाे त्यो सबै सुख 

तर गर्न केही सकिनँ, 

दुईचार पैसा हातमा हालेर पछाडि फर्किएँ ।


हिँडिरहेको थिएँ बाटामा 

देखेँ रोइरहेकी आमा घाटमा 

छोरा ल्याउने थियो मन 

तर गर्न केही सकिनँ ।


लक्ष्य केही नभएपछि फर्किएँ घर 

लाग्यो दुःख देखेर सहर 

रिसले तात्यो मेरो तन 

तर गर्न केही सकिनँ ।