Logo

Student Corner

जीवन यात्री

Written by: Aswin Siwakoti - 23014, Grade XI

Posted on: 28 March, 2022

एक यात्री हुँ म

जीवनको यात्रामा हिँडिरहेको छु,

आफ्नो पहिचान के हाे ? भनी आफूलाई प्रश्न गर्दै छु ।


एक यात्री हुँ म

समयसँग अघि बढ्न खोज्दै छु,

मेरा मनका अस्तव्यस्त चाहनालाई नियाल्दै छु ।


एक यात्री हुँ म

खोज्दै छु आफ्नो अस्तित्व

कहाँबाट आएँ र के हो मेरो अन्त्य ?


जगाउँदै छु आफ्नो विवेक

खोज्दै छु म मेरा प्रश्नका उत्तरहरू

मात्र केही सम्भावना बोकेर

अघि सर्दै छु म, केवल एक यात्री हुँ म ।