Logo

Student Corner

माफी

Written by: Anukrama Poudyal - 22031, Grade XII

Posted on: 28 March, 2022

केवल २ वर्ष भएछ,

तर पनि लाग्ने गर्दछ करोडौँ जुनी

जिन्दगीमा मेहनत गर सधैँ भन्ने गर्थे उनी ।


न बाँचुन्जेल दिन सकेँ, उनको हैसियत अनुसारको आदर

सधैँ झर्केर उफ्रन्थेँ, उफ्रिएजस्तै छाडा बाँदर

आजकल उनको यादले धेरै सताउने गर्छ,

कहिलेकाहीँ आँसु झर्छ, त कहिले मर्ने विचार आउँछ ।


न त कहिले उनीसँग माफी मागेँ, न त आफ्नो बानी सुधारेँ,

त्यसैले यो दुई वर्ष मैले पश्चातापमै गुजारेँ,

यो दुई वर्ष मैले पश्चातापमै गुजारेँ ।