Written by: Kabin Rijal - 22010, Grade XII
Posted on: 25 March, 2022
कहिलेकाहीँ लाग्छ,
जिन्दगी बारीको बुख्याचाजस्ताे
न हाँसाे छ,
न उमङ्ग छ,
भन्नलाई केवल जिन्दगी छ,
बुख्याचाजस्ताे ।
कहिलेकाहीँ भयङ्कर लाग्छ,
अन्तर हृदयबाट त्रसित हुन्छ,
म हुनुकाे अर्थात् जिन्दगी हुनुकाे
नजिक नपुग्दै पर पर सर्न थाल्छ ।
उडिरहेकाे चराले त
ठिङ्ग उभिएकाे बुख्याचालाई
परैबाट मानव आकृति देख्छ,
परपरै उडेर भाग्छ,
अनि कुतुहलतावश
नजिकबाट नियाल्न पनि सक्दैन,
पहिचान्न पनि सक्दैन ।
जसरी बुख्याचा टाढाबाट
सजीव देखिन्छ,
जिन्दगी पनि टाढाबाट
भयङ्कर देखिन्छ ।
टाढाबाट
धमिलाे देखिने
खाेलाकाे पानी पनि
माथिकाे सतहमा
सङ्लाे हुन्छ/स्वच्छ हुन्छ,
दुख/दर्द, हाँसाे/खुसी,
घृणा/प्रेम, लाेभ/लालच
इत्यादिमा अडेकाे जिन्दगी
कसरी पुरानाे कपडा
र एउटा थालमा
ठिङ्ग उभिन सक्छ ?
हावाहुरी बतासमा पनि
कसरी अडिन सक्छ,
त्याे बारीमा शान्त शान्त ?
टाढाबाट भयङ्कर
नजिकबाट काेमल हुन
सिकाएकाे छ,
निर्भय जिन्दगी जिउन
सिकाएकाे छ ।
अन्ततः धेरै सिकाएकाे छ,
ठिङ्ग उभिएर
त्याे बारीकाे
त्याे बुख्याचाले ।
‘माैनता नै जिन्दगी हाे’ भन्छ,
‘नबाेली पनि धेरै बाेलिन्छ’ भन्छ,
‘कर्ममा लागि पर’ भन्छ,
अनि लाग्छ कहिलेकाहीँ
जिन्दगी बुख्याचाजस्ताे ।