Logo

Student Corner

लक्ष्मीप्रसाद देवकोटा

Written by: Gaurishreya Shahi - 23055, Grade XI

Posted on: 24 March, 2022

लक्ष्मीप्रसाद देवकोटा नेपालका कवि, निबन्धकार तथा लेखक हुन् । नेपाली साहित्यमा उनलाई सुनौलो हृदयका कविका रूपमा चिनिन्छ र महाकविको उपाधि दिइएको थियो । उनलाई नेपालका सबैभन्दा ठुला र प्रसिद्ध साहित्यिक व्यक्तित्व मानिन्छ । मुना मदनका साथै सुलोचना, कुञ्जिनी, भिखारी र शकुन्तला उनका सबैभन्दा लोकप्रिय कृतिहरू हुन् ।
लक्ष्मीप्रसाद देवकोटाको जन्म वि. सं. १९६६ कार्तिक २७ धोबीधारा, काठमाडौँमा भएको थियो । उनका बाबुको नाम तील माधव देवकोटा थियो र आमाको नाम अमर राज्यलक्ष्मी देवी थियो । उनका बुबा संस्कृतका विद्वान् थिए त्यसैले उनले आफ्ना बुबाको निरीक्षणमा प्रारम्भिक शिक्षा प्राप्त गरे । उनले दरबार हाइ स्कुलबाट आफ्नो आधिरिक विद्यालयीय शिक्षा सुरु गरे र त्यहाँ उनले संस्कृत व्याकरण र अङ्ग्रेजी दुवै सिके । १७ वर्षको उमेरमा पटनामा आफ्नो म्यट्रिक परीक्षा पूरा गरे र पटना विश्वविद्यालयबाट निजी परीक्षार्थीका रूपमा स्नातक गर्नुअघि कला र कानुन विषयमा स्नातक अध्ययन गर्न त्रिचन्द्र कलेज गए । उनले परिवारको आर्थिक अवस्थाका कारण स्नाकोत्तर पुरा गर्न सकेनन् ।
उनको विवाह १५ वर्षको सानो उमेरमा नै भएको थियो । उनले उनको पहिलो कविता स्कुलमा हुँदै लेखेका थिए । उनी एक शान्त, मिहिनेती विद्यार्थी थिए, जसका कारण उनी पढ्न र लेख्न रमाइलो गर्थे । उनले आफ्नो कक्षाको अगाडि आफ्नो कविता सुनाए भन्ने विश्वास गरिन्छ । र उनका सहपाठीहरूले उनले ती कविता लेखेका हुन् भन्ने विश्वास गरेनन् किनभने ती कविताहरू धेरै राम्रा थिए । उनले भारतमा देखेका पुस्तकलयहरूबाट प्रेरित भएर काठमाडौँमा पुस्तकालय स्थापना गर्ने अनुमति माग्दै राणा प्रधानमन्त्रीलाई पत्र लेखे । उनलाई जेल सजाय सुनाइयो र उनका कार्यहरूको परिणामस्वरूप ठुलो जरिवाना तिर्नुपर्ने थियो ।
उनले पढाइ सकेर भारतबाट फर्किएपछि जीविकोपार्जनका लागि निकै मिहिनेत गर्नुपरेको थियो । यसै क्रममा उनले प्रसिद्ध पुस्तक मुना मदन लेखे । मुना मदन झ्याउरे लयमा भनिएको लोककथा हो । यो एकदम नयाँ अवधारणा थियो, जुन राम्रोसँग प्राप्त भएको थियो । प्रकाशन भएको सात दशकभन्दा बढी समय बितिसक्दा पनि यो धेरै बिक्री हुने लोकप्रिय कृति बनिरहेको छ । दुई वर्षभित्रै उनले आफ्ना बाबुआमा र नवजात छोरी दुवै गुमाए, जसका कारण देवकोटा पुरै ध्वस्त भए । यस अवधिमा उनले पागल लेखे, जसलाई नेपालको उत्कृष्ट कविता मानिन्छ ।
उनी नेपाली, संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषामा छिटो कविता लेख्न सक्थे । तीन महिनामा उनले आफ्नो पहिलो महाकाव्य शाकुन्तल समाप्त गरे । दस दिनमा उनले सुलोचना र एक दिनमा कुञ्जिनी लेखे । महाकाव्यका साथसाथै उनले धेरै निबन्ध, नाटक, लघुकथा, उपन्यास, समालोचना र अनगिन्ती कविताहरू सिर्जना गरे । उनका निबन्धहरू लेखकीय शैली र विषयका कारण धेरै प्रसिद्ध छन् । उनले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्याएका छन् । उनीबाट नेपाली लेखकहरूका धेरै पुस्ता प्रभावित भएका छन् र धेरैले उनको अनुकरण गर्ने प्रयास गरेका छन् । 
देवकोटाले जीवनभर मिहिनेत गरे । उनी सन् १९४६ मा त्रिचन्द्र कलेजमा प्राध्यापक भए । पछि सन् १९५७ मा नेपालको शिक्षामन्त्री भए । उनी असाध्यै दिने व्यक्ति पनि थिए । खाँचोमा परेका जोकोहीलाई आफूसँग जे छ, त्यो उनी दिन्थे भनिन्छ ।
उनलाई सन् १९५८ मा क्यान्सर भएको पत्ता लागेको थियो र सन् १९५९ मा ५० वर्षको उमेरमा उनको निधन भएको थियो ।