Logo

Student Corner

उल्लु

Written by: Rakshit Dahal - 22023, Grade XII

Posted on: 24 March, 2022

म उल्लु हुँ,

तिमी मजस्तै हुन 

खाेज्दै छाै, 

तिमी पनि उल्लु हाै ।

थाहा छ ? 

उल्लु अँध्याराेकाे राजा हाे, 

उज्यालाे मन पर्दैन उसलाई 

उल्लु सिकारी हाे, 

मुसा किरा फ्ट्याङग्राकाे ।

हाे,

यहाँ उल्लु मात्र छन्, 

सिकार मात्र गर्छन्,

अँध्याराेमा बसेर

कयाैँ अस्तित्वकाे ।

उल्लुहरूकाे बथानमा बस्ने

चिल पनि उल्लु नै कहिन्छ, 

अब कसरी भनूँ

म उल्लु हाेइनँ ? 

म उल्लु भएर 

अलिकति उज्यालाे खाेज्दै छु,

सम्भवतः कुनै दिन 

उल्लुहरूकाे साम्राज्यबाट 

भागेर उज्यालाेमा 

पखेटा फट् फट् गर्दै 

फट्फटाउने छु ।