Logo

Student Corner

रिस

Written by: Suprabha Thami - 23043, Grade XI

Posted on: 23 March, 2022

रिस हाइपोथालामसलाई उत्तेजित गर्ने एमिग्डालाले गर्ने डरको प्रतिक्रियाजस्तै हो । थप रूपमा प्रिफ्रन्टल कोर्टेक्सका भागहरूले पनि क्रोधमा भूमिका खेल्न सक्छन् । मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्सका भागहरूले पनि क्रोध प्रतिक्रियाको नियमनमा योगदान दिन सक्छन् । मस्तिष्कको यस क्षेत्रमा क्षति भएका मानिसहरूलाई कहिलेकाहीँ उनीहरूका भावनाहरू, विशेष गरी क्रोध र आक्रामकता नियन्त्रण गर्न गाह्रो हुन्छ ।

वैज्ञानिक रूपमा रिसलाई यस रूपमा मानिन्छ र यो कुरामा असहमत हुन पनि मिल्दैन । राम्रोसँग व्यवस्थित रिस एक उपयोगी भावना हुन सक्छ, जसले तपाईंलाई सकारात्मक परिवर्तनहरू गर्न उत्प्रेरित गर्दछ । अर्कतर्फ रिस एक शक्तिशाली भावना हो र यदि यसलाई उचित रूपमा व्यवस्थापन गरिएन भने यसले तपाईं र तपाईंको नजिकका मानिसहरूका लागि विनाशकारी परिणामहरू पनि ल्याउन सक्छ । अनियन्त्रित क्रोधले तर्क, शारीरिक झगडा, शारीरिक दुर्व्यवहार, आक्रमण र आत्महानि निम्त्याउन सक्छ ।

रिसलाई व्यवस्थित रूपमा नियन्त्रण गर्न सकिएन भने याे हाम्रो ठुलो दुस्मन बन्न सक्छ । याे विश्वमा रिस गर्न धेरै कुराहरू छन्, जस्तैः कसैले कुरा मानेन भने रिसाउनु, कुनै काम बिग्रिएमा रिसाउनु, कसैसँग कुरा मिलेन भने रिसाउनु र यस्तै थुप्रै कारणहरूले हामीलाई रिस उठ्न सक्छ भने व्यवस्थित रिसले हामीलाई मद्दत पनि गर्न सक्छ । रिसले हामीलाई नकारात्मक भावनाहरू पोख्न मद्दत गर्छ र समस्याहरूको समाधान खोज्न उत्प्रेरित गर्छ । त्यसैले रिस भनेको हाम्रो साथी पनि बन्न सक्छ भने हाम्रो शत्रु पनि त्यसैले रिसलाई काबुमा राख्नु एकदमैै आवश्यक छ । स्वस्थ तरिकामा क्रोध व्यक्त गर्ने उपायहरू यी हुन्ः

यदि नियन्त्रणबाहिर महसुस गरेमा अस्थायी रूपमा स्थितिबाट टाढा जानुपर्छ, जबसम्म रिस हराउँदैन ।

  • भावनालाई सामान्य र जीवनको अंशको रूपमा चिन्नु र स्विकार्नुपर्छ ।
  • रिस उठ्नुका सही कारणहरू पत्ता लगाउने प्रयास गर्नुपर्छ ।
  • एकचोटि तपाईंले समस्या पहिचान गरिसकेपछि परिस्थितिलाई कसरी समाधान गर्ने भनेर विभिन्न रणनीतिहरू लिएर आउने विचार गर्नुपर्छ ।
  • केही शारीरिक कसरत गर्नुपर्छ, जस्तैः दौडका लागि जानु वा खेल खेल्नु ।
  • सम्भव भएमा एक गिलास चिसो पानी पिउनु लाभदायक हुन्छ ।
  • आफ्ना भावनाहरू विश्वाश गर्न लायक व्यक्तिसँग पोख्नुपर्छ ।