Logo

Student Corner

समलिङ्गी विवाह

Written by: Jubin Maharjan - 22026, Grade XII

Posted on: 22 March, 2022

लिङ्ग भनेको जैविक रूपले फरक फरक मानिस अर्थात् पुरुष र महिलाबिचको भिन्नतालाई

परिभाषित गर्ने जैविक शब्द हो । जब हामी समलिङ्गी विवाहको बारेमा कुरा गर्छौं,

यसको मतलब याे समान लिङ्ग भएका दुई व्यक्तिहरूबिचको विवाह हो । समलिङ्गी विवाह दुई महिला वा दुई पुरुषबिच हुन सक्छ । हाल विश्वका २९ देशले मात्रै समलिङ्गी विवाहलाई

कानुनी मान्यता दिएका छन् ।

समलिङ्गी विवाह कुनै प्रचलन वा पश्चिमाको प्रभाव होइन । समलिङ्गीबिचको

आकर्षण पुरातन समयदेखि चलिआएकाे अवस्था देखिन्छ तर याे विषयमा खुला रूपमा छलफल गरिएको थिएन र यसलाई निषेधित कार्यका रूपमा लिइन्थ्यो । धेरै देशहरूमा समलिङ्गी आकर्षण र विवाहलाई अझै पनि वर्जित मानिन्छ र समलिङ्गी जोडीहरूले अझै पनि धेरै भेदभावको सामना गर्छन् । जनतामा चेतनाको कमी र समलिङ्गी सम्बन्धमा

जनताको पुरानो मान्यताका कारण यो भेदभाव अझै पनि हाम्रो देशमा छ ।

हाम्रो देश नेपालमा एलजिबिटिक्यु (LGBTQ) अधिकार भए पनि हाम्रो देशमा समलिङ्गी

विवाहलाई कानुनी मान्यता दिइएको छैन । समलिङ्गी विवाह अन्य विवाहभन्दा

फरक छैन । यसकाे पनि रीतिरिवाज र परम्परा विषमलिङ्गी विवाहकाे जस्तै हो । फरक यति मात्रै हो कि समलिङ्गी र विषमलिङ्गी विवाहप्रति मानिसहरूको मानसिकता । 

आफ्नाे इच्छाअनुसार विवाह गर्न पाउनु हरेक मानिसको मौलिक अधिकार हो । एलजिबिटिक्यु (LGBTQ) समुदायबाट यो अधिकार खोस्नु ठिक होइन । समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्छ र समलिङ्गी जोडीलाई समान अधिकार दिनुपर्छ । आगामी पुस्तालाई उचित यौन शिक्षा र समलिङ्गी र एलजिबिटिक्यु (LGBTQ) समुदायजस्ता अन्य विषयहरूका बारेमा ज्ञान दिनुपर्छ । समलिङ्गी विवाह सामान्य हो र यस विषयमा मानिसहरूलाई उपेक्षा वा भेदभाव गर्नु हुँदैन ।