Logo

Student Corner

कविता रचना (आमा)

Written by: Deeva Shrestha - 28016, Grade VI

Posted on: 22 March, 2022

मेरी आमा तिमीले जन्म दियौ मलाई,

मेरी आमा तिमीले यो संसार दियौ मलाई।

मेरी आमा तिमीलाई गर्छु धेरै माया,

मेरो मनको बनिरहनु तिमी सधैँ छाँया।


मलाई चोट लागेमा तिम्रो आँसु झर्छ,

मलाई दु:ख परेमा तिमीलाई गाह्रो पर्छ ।

म खुसी भएमा तिम्रो मुहार हाँस्छ,

म सफल भएमा तिम्रो मन नाच्छ।


मलाई पढ्‍न सहयोग गर्ने मेरी प्यारी आमा,

मलाई लेख्‍न सहयोग गर्ने मेरी प्यारी आमा।

कथा, कविता सुनाउने मेरी प्यारी आमा,

बानी, बेहोरा, ज्ञान सिकाउने मेरी प्यारी आमा ।


मिठो मिठो खाना बनाउने मेरी आमाले,

धेरै ठाउँमा घुम्‍न लग्‍ने मेरी आमाले।

मलाई धेरै हेरचाह गर्ने तिमी मेरी आमा,

मलाई धेरै सहायता गर्ने तिमी मेरी आमा,


मेरो लागि संसारसँग लड्न सक्‍ने आमा,

ईश्वरको अर्को रूप हाै तिमी मेरी आमा।