Logo

Student Corner

'साइबर क्राइम'

Written by: Kriti Nepal - 24010, Grade X

Posted on: 22 March, 2022

'साइबर क्राइम' भन्नाले ठगी, पहिचान चोरी, ह्याकिङ, गोपनीयताको उल्लङ्घन आदि जस्ता गैरकानुनी कार्यलाई बुझाउँछ । साइबर अपराधलाई कम्प्युटर क्राइम पनि भनिन्छ । साइबर क्राइमबारे हाल लगभग सबैलाई केही हदसम्म थाह भएकाे हुनुपर्छ । वर्तमान युगमा मानिसहरूकाे पहुँच इन्टरनेटमा बढ्दै जानु र यसतर्फ सचेत नहुनुले साइबर क्राइम बढिरहेको छ। साइबर अपराधले कसैको सेवा र आर्थिक काराेबारलाईसमेत हानी पुर्‍याउन सक्छ। डिजिटल डाटा उपलब्ध भएमा जुनसुकै ठाउँमा साइबर अपराध हुन सक्छ। अनलाइन साइबर अपराध गर्ने व्यक्तिलाई ‘साइबर अपराधी’ भनिन्छ। साइबर अपराधबाट बच्न विभिन्न उपायहरू अपनाउन सकिन्छः

  • पासवर्डहरू अझ सुरक्षित र बलियो बनाउने:  अक्षर, सङ्ख्या र विशेष क्यारेक्टरहरू प्रयोग गरेर आफ्नो पासवर्ड जटिल बनाउने ताकि अरूले यसलाई अनुमान गर्न नसकून्।
  • कम्प्युटर सफ्टवेयर सधैँ अपडेट राख्ने : नयाँ सुरक्षा सफ्टवेयर भएकोले कम्प्युटरलाई धेरै भाइरस र अनलाइन खतराहरूबाट जोगाउन मद्दत गर्छ।
  • ससाना भाइबहिनीहरूलाई इन्टरनेटमा कसरी काम गर्ने भनेर सिकाउने : सधैँ आफ्ना ससानाभाइ बहिनीहरूलाई र बच्चाहरूलाई इन्टरनेटबारे सचेतता अपनाउन सिकाउनुका साथै उनीहरूलाई इन्टरनेटको फाइदा र बेफाइदाहरूबारे सिकाउने
  • अनलाइन साझेदारी गर्न विचार गर्नुहोस्: यदि सोसियल मिडिया खातामा जन्ममिति र बस्ने ठाउँ जस्ता जानकारी समावेश गरियो भने भने यसले अपराधीहरूलाई डेटा पहिचान गर्न मद्दत गर्दछ त्यसकारण यसतर्फ सजग रहने
  • टाढा गएपछि सधैँ कम्प्युटर लग अफ गर्नुहोस्: यदि कम्प्युटर प्रयोग गरिसकेपछि लग अफ गरियो भने निजी जानकारी सुरक्षित रहन्छन् ।
  • असुरक्षित लिङ्क वा वेबसाइटहरू नखोल्नुहोस्: साइबर अपराधीहरूले ट्विट, पोष्ट आदिमार्फत उत्पादनहरूको विभिन्न नक्कली विज्ञापनहरू पठाउँछन् । यदि त्यो विज्ञापन अलिकति शङ्कास्पद देखिन्छ भने यसलाई वास्ता नगर्ने

नेपाल सरकारले साइबर कानुनलाई अनलाइन प्लेटफर्म सञ्चालन गर्न आवश्यक कानुनको रूपमा परिभाषित गरेकाे छ । यो धेरै महत्त्वपूर्ण छ किनकि यसले इन्टरनेटमा कानुनी मुद्दाहरू नियन्त्रण गर्न मद्दत गर्दछ। नेपाल सरकारले ‘द इलेक्ट्रोनिक ट्रान्जेक्शन एण्ड डिजिटल सिग्नेचर ऐन–अर्डिनन्स’ नामले चर्चित साइबर कानुन पारित गरिसकेको छ । यसले इन्टरनेट र कुनै पनि अनलाइन प्लेटफर्मका कार्यमा निगरानी गरिरहेकाे हुन्छ । यसले मुख्यतया साइबर अपराधसँग सम्बन्धित मुद्दाहरूबारे हेर विचार गर्ने काम गर्दछ ।