Logo

Student Corner

समय

Written by: Shreebisha Shrestha - 23040, Grade XI

Posted on: 21 March, 2022

ए, समय !

एउटा अबोध शिशुलाई झैँ

हातमा समाएर

ताते ताते भन्दै डोर्याएर

मलाई हिँड्न सिकाऊ,

एक एक पाइला गर्दै

म जीवनको गीत प्रारम्भ गरूँ,

म जीवनको अर्थ बुझ्न सकूँ ।


लरबराएर कलिला पैतालाहरू

भुईंमा लडेछु भने

मायालु हात देऊ,

लुगाको धुलो झारिदेऊ,

जीवनका रमाइला पलहरू यहीँ रोकिदेऊ

र नमिठा पलहरू बगाएर लैजाऊ,

ए, महत्त्वपूर्ण समय !