Logo

Student Corner

मलाई बाँच्न देऊ

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 21 March, 2022

उसका आँखाबाट चुहेका अश्रुधाराले 

विचलित गरायाे मेराे मनलाई ।

एक लहर उसका आँसुका भाव

मेराे मनसँग ठाेक्किएर बिलाए। 


ऊ अझै भक्कानिएर रुन खाेज्दै छ

मैले उसलाई भनेँ ,

“कापी कलम लिएर आऊ,

आफ्ना पीडा व्यथा लुकाऊ । 


आफ्ना पीडा पानामा उतार”

ऊ भन्दै थियाे  म विद्यार्थी,

म यही देशकाे नागरिक

म देशकाे युवा म देशकाे भक्त। 


तर,

मेराे देशमा किन छैन मेराे परिचय,

किन हेपिन्छ मलाई ?

म देशकाे नागरिक हुँ कि अनागरिक,

म मानव हुँ कि अमानव ?


किन गरिन्छ मलाई  भेदभाव,

किन देखिन्छ मलाई फरक ?

म पनि यही देशकाे नागरिक हुँ

मलाई बाँच्न देऊ,

म बाँच्न चाहन्छु ।