Logo

Student Corner

एम. सी. सी मुद्दामा मेरो विचार

Written by: Safal Gautam - 22016, Grade XII

Posted on: 18 March, 2022

नेपालमा अहिले २ वटा प्रमुख राष्ट्रिय मुद्दा लगभग हरेक परिवारमा चर्चाको विषय बनेको छ । मलाई लाग्छ कि इन्टरनेट चलाउने सबैले मैले कुन विषयलाई उल्लेख गर्दै छु भन्ने अनुमान गर्न सक्नुभयो होला । सिधै बोल्दा म पल साह केस र एम. सी. सी. मुद्दाको बारेमा कुरा गर्दै छु, जुन हाल देशका प्रमुख समाचारहरू बनिरहेका छन् । म यो किन भइरहेको छ ? यो कहिले सुरु भयो ? जस्ता हामी सबैलाई थाहा भएका आधारभूत जानकारीतर्फ नगई आफ्नो विचार प्रस्तुत गर्ने छु ।

एमसीसीको निर्णय लिइरहँदा मीनभवन नजिकै के भएको थियो भन्ने कुरा हामी सबैले सुनेका छौँ । कस्तो दृश्य थियो ? आन्दोलनकारीहरू भित्र पस्न नपाउन् भनेर सशस्त्र प्रहरीले पहरा दिइरहेको थियो । आन्दोलनकारीहरू मीनभवन वरपर सडकमा भिडभाड गरिरहेका थिए । त्यहाँ सयौँ मानिस थिए, जो एम. सी. सी. कार्यान्वयन गर्ने निर्णयको विरुद्धमा लडिरहेका थिए । टिकटक, फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जालमा अहिले पनि आन्दोलनको अवस्था कस्तो थियो भन्ने क्लिप र तस्बिरहरू छन् ।

सर्वप्रथम, म नेपाली नागरिकहरू उल्लेख गरिएका धाराहरू पढ्न जान्दैनन् भन्ने सोच्ने राजनीतिज्ञहरूको सोचबाट पूर्णतया छक्क परेको छु । सन् २०२२ सम्म ६७% को साक्षरता दर भएकाे अवस्थामा कुनै पनि संयोग छैन कि कसैले एम. सी. सी. द्वारा प्रदान गरिएका खण्ड र सर्तहरूमा कमी र त्रुटिहरू फेला पार्ने छैनन् । त्यसैले नेपाली नागरिकले गल्ती पत्ता लगाउन सक्छन् भन्ने थाहा हुँदा हुँदै पनि जानी जानी राजनीतिज्ञहरूले यस्तो गरेका हुन् भने मलाई लाग्छ नेपालको साक्षरता दरलाई परिमार्जन गर्ने बेला आएको छ किनभने राजनीतिज्ञहरूले सामान्य ज्ञान सिक्नका लागि विद्यालय जानुपर्छ भन्ने लाग्यो मलाई ।

दोस्रो, मलाई लाग्छ, एम. सी. सी. ले प्रदान गरिरहेको मद्दत हाम्रो देशका लागि नराम्रो छ भन्ने होइन, बरु यो छोटो अवधिको सोचमा फाइदाजनक छ तर म अझै पनि विश्वास गर्छु कि राजनीतिज्ञहरूले सम्भावित नतिजाहरूको बारेमा पुनर्विचार गर्न आवश्यक छ, अन्यथा कसलाई के थाहा हामी अर्को युक्रेन हुन सक्छौँ कि ?

अर्को कुरा म थप्न चाहन्छु, त्याे कुरा हाे, आन्दोलनकारीहरूमाथि सशस्त्र प्रहरीले गरेकाे गम्भीर दमनका बारेमा । त्यहाँ प्रहरीहरूले आफूलाई दिइएको शक्तिको दुरुपयोग गरिरहेका थिए र मानिसहरूलाई जनावरहरूजस्तै कुटपिट गर्ने र लात हान्ने काम गरिरहेका थिए । त्यो दृश्य देखेर म एकदमै विचलित भएँ । हो, उनीहरूलाई अवस्था नियन्त्रण गर्न भनिएको थियो तर के एउटै व्यक्तिलाई धेरै चोटि यसरी प्रहार गर्नु आवश्यक थियो कि उनीहरू गम्भीर घाइते हुनुपर्यो ?

तेस्रो, जनताहरू हाम्रो देशका लागि लडिरहेका बेला टिकटक डान्सको भिडियो बनाएर आन्दोलन गम्भीर कुरा होइन भन्ने सोच्ने आम जनताको आलोचना गर्न चाहन्छु । अनि भिडियो रेकर्ड गर्नेहरूकाे पनि आलाेचना गर्न चाहन्छु । यदि कसैलाई पिटेको भिडियाे रेकर्ड गर्नुको सट्टा उनीहरूलाई भाग्न मद्दत गर्न सक्थे भन्ने मलाई थाहा छ किनकि उनीहरूकाे सहयाेग प्राप्त भएकाे भए प्रहरीको कुटपिटबाट आन्दाेलनकारीहरू भाग्न सफल हुन सक्थे । तर यहाँ के भयो ? मानिसहरूले अरूको वास्ता गरेनन् । तिनीहरू केवल तथाकथित भाइरल भिडियोहरू बनाएर आफ्नो "बहादुरी" र धर्मको कामका लागि प्रसिद्ध र प्रशंसित भई जनतालाई देखाउने भिडियोहरू देखाएर आफ्नो फाइदाका लागि मात्र सोच्छन् । स्थितिको गम्भीरता नबुझेर जे पनि गर्न मिल्छ र ? 

अन्तमा, म ती "स्मार्ट" मानिसहरूको बारेमा कुरा गर्न चाहन्छु, जसले बम र विनाशकारी उपायहरू प्रयोग गरेर राजनीतिज्ञहरूलाई आफ्नो छनौटमा पुनर्विचार गर्न बाध्य तुल्याउनेबारे सोच्छन् । कुनै न कुनै उपायले काम गरेमा यसले सर्वसाधारणलाई के नोक्सान पुर्‍याउँछ भनेर उनीहरूलाई थाहा हुनुपर्छ । यदि तपाईं "जनताका लागि काम गर्दै” हुनुहुन्छ भने सबैभन्दा पहिले "जनताका लागि सोच्नुहोस् ।" "यो सोच्न आवश्यक छैन ।" भन्ने नसोच्नुहोस् किनकि तपाईंहरूले लिने कदमहरू सम्पूर्ण देशको स्थिरताका लागि अत्यन्त हानिकारक छन् ।

अब हामीले के गर्न सक्छौँ भने पछि हट्ने र आशा राख्ने कि सरकारले लिएको निर्णय देशका लागि हानिकारक छैन किनभने अहिलेसम्म जे निर्णय लिइएको छ, त्यो अपरिवर्तनीय छ ।