Logo

Student Corner

विदेसिन लाग्नुभएको मेरो दाइ

Written by: Yojana Gautam - 23068, Grade XI

Posted on: 18 March, 2022

IELTS को सूचनापाटीमा 

अरूकाे नाम आयो भन्ने सुन्दा 

IELTS गर्दै गर्नुभएको मेरो दाइको पनि

नाम आओस् भन्दै प्रार्थना गर्ने मेराे मन

आज उहाँकाे नाम आयो, 

र अब जानुहुन्छ भन्ने सुन्दा 

किन झसङ्ग भएर आउँछ ?

दाइ, 

सधैँ झगडा गर्थ्याैं तपाईं र म 

तपाई‌ंलाई सधैँ ‘छिटै जानुस् ।’ भन्थेँ म 

तर किन आज यो मनलाई 

तपाईंबाट टाढा हुने डर छ ?


दाइ, 

धन कमाउने सपना बोकेर

आफ्नो मातृभूमि छोडेर 

विदेश जान लाग्नुभएकाे तपाईंलाई

याे बहिनीको तर्फबाट 

धेरै माया अनि शुभकामना छ है !


आफ्नै देशमा केही गर्न नसक्नुभएकाे हैन तपाईंले 

पढेर आफ्नै देशमा 

केही गर्न सक्ने वातावरण भइदिएको भए, 

शिक्षित मान्छे बेरोजगार नभइदिएको भए, 

मलाई थाहा छ, 

मेरो दाइ कहिले बिदेसिनुहुन्नथ्यो ।


‘मेरो मोबाइलमा तेरो एउटा पनि फोटो नराख् ।’ भन्ने तपाईंलाई 

विदेश गएपछि त याद त आउँछ होला हगि मेराे ? 

‘मलाई ढिला भयो,  कलेज पुर्याइदिनुस् ।’ भन्दा

कलेज पुर्याइदिनुहुन्थ्याे तपाईं

अब कसले पो पुर्याइदेला मलाई कलेज ?


हजुरबा, हजुरआमा 

अनि बाबाममीको आशीर्वाद सँगाल्दै 

जान लाग्नुभएको तपाईंलाई 

यो बहिनीको पनि माया लाग्छ हगि ?