Logo

Student Corner

गाउँकाे विकाश

Written by: Nishan Shrestha - 25008, Grade IX

Posted on: 18 March, 2022

सहरकाे मात्र विकाशले हुँदैन विकाशको लहर 

गाउँलाई पनि सहर बनाउने मेराे रहर,

लाग्न छाेड्याे मलाई कसैकाे नि भर

यस्ताे पाराले बन्दैन गाउँ कहिले सहर,


न बाटाे हेर्याे उस्तै यात्रा गर्न पनि डर

दुःखमा जीवन बिताउने छैन हाेला उनको नि  रहर

ठुला घर सबै  छन् हाेलान् अरू नि सपना

सपना सबै पूरा हुने छैन हाेला त भर,


पानी पर्दा वर्षामास लाग्दाे हाेला डर,

बाढी पहिराे जाेखिम माेल्दै बसेका आफ्नै घर

अस्पताल जानुपर्नै दश काेस टाढा,

आफ्नै देशकाे माटाेसँग सम्बन्ध छ गाढा। 


गाउँमै छन् धेरै बेराेजगार बढी युवा,

कतिका त सुनी  नसक्ने पीडा धेरै,

सुन्दा र सम्झिँदा लाग्छ मलाई दुःख,

सबै नेपालीले कहिले पाउलान् शान्ति र सुख ?