Logo

Student Corner

काठमाडौँ उपत्यका

Written by: Arya Tharu - 22006, Grade XII

Posted on: 16 March, 2022

कुनै जमानाको विशाल ताल
अहिले धुलैधुलोको सहर बनेछ ।

सुन्दर हरियो पहाड र सेतो हिमालको दृश्य देखिने ठाउँ  
आज त फोहोर उत्पादन गर्ने कारखाना भएछ ।

अद्वितीय वास्तुकलाको कारणले चिनिने सहर 
अव्यवस्थित साँघुरा गल्लीहरूमा परिवर्तन भएछ ।

साहस र बहादुरीले भरेका युवाहरूलाई 
देशबाहिर भगाउने कारखाना बनेछ ।

यो हाम्रो काठमाडौँ उपत्यका 
गिद्धैगिद्धले भरिएछ ।