Logo

Student Corner

ज्ञान

Written by: Asim Paudel - 23013, Grade XI

Posted on: 16 March, 2022

ज्ञानका धेरै प्रकार हुन्छन्,
तर जुन पनि ज्ञान महत्त्वपूर्ण हुन्छ,
कुनै पनि ज्ञान सानो ठुलो हुन्न,
किनकि जीवनमा यी सबैको महत्त्व हुन्छ ।

जुन पनि शिक्षा अमूल्य हुन्छ,
हामीले आफ्नो ज्ञानको सही उपयोग गर्नुपर्छ,
त्यसैको महत्त्व सबैलाई सिकाउनुपर्छ,
अनि आफैँले त्यसको महत्त्व बुझ्नुपर्छ ।

हामीले ज्ञान अमूल्य छ भन्ने बुझ्नुपर्छ,
त्यसले सबैको मद्दत गर्नुपर्छ,
तब मात्रै ज्ञान भएको काम हुन्छ,
नत्र त्यो ज्ञानको केही मूल्य हुन्न ।