Logo

Student Corner

काेराेनापछिकाे मेराे भ्रमण

Written by: Krituka Sapkota - 25005, Grade IX

Posted on: 15 March, 2022

घुम्न सबैलाई मनपर्छ होला । मलाई पनि घुम्न मन पर्छ । नयाँ नयाँ ठाउँबारे जान्न र घुम्न एकदमै मन पर्छ । केही समय पहिले म मेरो बुबा र उहाँका साथीहरूसँग घुम्न गएकी थिएँ । त्यो समय भनेको दसैँ पछिको समय थियाे । मेरो बुबाले उहासँग घुम्न जाने कुरा गर्नुभयो । मेरो विद्यालयमा त्यतिबेला खेलकुद सप्ताह चलिरहेको थियो । मेरो खेल कुदमा खासै रुचि नभएकाले म बुबासँग घुम्न जाने निर्णय गरेँ ।

काठमाडौँदेखि हामी जहाजमा भैरहवा गयौँ । भैरहवाबाट हिँडेपछि हामी भालुवाङ, लमही हुँदै  रोल्पा, प्युठानसम्म पुग्ने याेजना थियो । म निकै उत्साही थिएँ । कोरोना सुरु भएदेखि कतै घुम्न जाने संयोग जुरेको थिएन ।  भैरहवादेखि त्यसै दिन हामी गाडीमा लमही पुग्‍यौँ । लमही पुग्दा रात पर्न लागेको थियो । थकान महसुस पनि भइरहेको थियो । त्यो रात हामी लमहीमा बस्यौँ । बुबाको लमहीमा एउटा कार्यक्रम पनि रहेछ । त्यसपछि हामी कार्यक्रम स्थलमा पुग्यौँ । कार्यक्रम पनि हेर्‍यौँ । कार्यक्रम सकिएपछि हामी लमहीमा रहेको जखेरा ताल हेर्न गर्यौँ । जखेरा तालमा हामी डुङ्गा सवार गर्‍यौँ । त्यो रात पनि हामी त्यहीँ बस्यौँ । तेस्रो दिन हामी प्युठानका लागि यात्रा गर्‍यौँ । बिहानै हामी प्युठानका लागि हिड्‌यौँ । प्युठान जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी मन्दिरमा पुगेर स्वर्गद्वारी प्रभुको दर्शन गर्‍यौँ । पहाडको उचाइमा रहेको स्वर्गद्वारी मन्दिर निकै सुन्दर रहेछ । स्वर्गद्वारीकाे दृश्य निकै मनमोहक रहेछ । त्यसपछि हामी रोल्पातिर लाग्यौँ । रोल्पा जाने बाटोमा भ्युटावर पर्दो रहेछ । हामीले त्योभ्यु टावरको अवलोकन गर्‍यौँ । त्यसपछि हामी एउटा होटलमा गयौँ । निरन्तर गाडी र पैदल यात्राका कारण भोलिपल्ट बिहान मैले मेरो बायाँ गोडा चलाउन नसक्ने भएँ । तै पनि म मेरी आमालाई केही उपहार खरिद गर्न थालेँ । त्यसको भोलिपल्ट हामी रोल्पाबाट लाहुरे टास्याभिर गयौँ । त्यसपछि हामी चार दिनकाे भ्रमण सकेर काठमाडौँ फर्कियौँ ।