Logo

Student Corner

विद्यार्थी र विद्यालय

Written by: Prasiddhi Dangol - 28009, Grade VI

Posted on: 15 March, 2022

विद्यालयमा विद्याआर्जन गर्न जान्छु सँधै 

शिक्षाबिना मानिस अन्धो हुन्छ कठै बरै 

विवेक बढ्छ ज्ञान लिएँ सुखी हुन्छ जीवन 

पुस्तक पढे अनुभव लिएँ खुसी हुन्छ मन ।


विद्यार्थी हुँ विद्या लिएर बाड्ने मेरो कर्म 

जति दियो उति बढ्ने शिक्षाको अनौठो मर्म

 सबैभन्दा ठूलो धन विद्या नै हो सान र मान

 विद्याले बुद्धि बढाउँछ यो सत्य कुरा जान।


पढी लेखी नाम कमाउने काम पनि गर्ने 

सानो ठुलो काम हुँदैन भन्दै ज्ञान छर्ने

कर्मशील मान्छेको ईश्वर हुन्छन् साथमा

काम गरे दाम अनि माम आउँछ हातमा 


पुस्तकालयमा थरिथरि पुस्तक पत्रिका पढौ

आँट गरी मिहिनेती बनी सधैँ अघि बढाैँ

विद्यार्थी हुँ पढ्ने लेख्ने मेरो पहिलो काम हो

राम्राे काम गरेपछि कमाउने नाम हाे ।