Logo

Student Corner

मानिसको मानसिकतामा धर्मको प्रभाव

Written by: Binayak Kumar Mahato - 22025, Grade XII

Posted on: 14 March, 2022

कुनै एउटा समूहमा बसेको मानिसले मान्दै आएको संस्कृतिलाई नै धर्म भन्न सकिन्छ । मानिसलाई कुनै पनि धर्मले नराम्रो कुरा सिकाउँदैन । आजभोलि मानिसले धर्मको नाममा विभिन्न क्रियाकलाप गरिरहेको छ, जुन हाम्रो समाजमा स्विकार्न गाह्राे भएको छ । आजको दिनमा हेर्दा हाम्रो समाजले धर्मको नाममा झन् झन् हाम्रो समाजलाई केही राम्रो नहुने र नभएको कुरालाई अगाडि बढाएको छ । आजभोलि हेर्ने हो भने हाम्रो समाजमा धेरैजसो घटनाको कारण यही हाम्रा धर्म पनि हो । संस्कृतिले गर्दा नै हाम्रो समाजमा सबै घटना घटेका त हैनन् तर कुनै घटनामा गहिरिएर हेर्दा कता कता धर्मको पनि उपस्थिति देख्न सकिन्छ । आजभोलि १० वर्षको एउटा बालक पनि आफ्नो धर्म ठुलो भन्ने विषयमा साथीभाइसँग कुरैकुरामा जुधिरहेको हुन्छ । धर्म आफैँमा नराम्रो त होइन तर आज हामीले धर्मलाई हेर्ने नजर बेग्लाबेग्लै भएकाले नै यो प्रश्न उठेको हो ।  

याे विश्वमा कुनै पनि धर्मले अर्काकाे कुभलो गर्न सिकाउँदैन । सबै धर्मले एकअर्काको सम्मान र हाम्रो समाजको इज्जत राख्न सिकाउँछ । अहिलेको समाजमा एकसे एक विद्वान्‌हरूले यो धर्मको नाममा भएको अन्धविश्वासलाई रोक्न सकेका छैनन् । नेपालकै एक ठाउँमा भगवान्‌को मूर्तिबाट पसिना आएको अनि भगवान् रिसाउनुको कारण बोकाको बलि चढाउनु अनि त्यो मासु पछि त्यहाँका मानिसले बेचेको भन्ने खबर पनि सञ्चार माध्यममा सुनेकै थियौँ । अब त्यो ढुङ्गाबाट पसिना आउने कुरा अन्धविश्वास नभए के चाहिँ हो र ? हामी अहिलेको युगमा पनि यस्ता कुराहरूमा विश्वास गरिरहेका छौँ । मानिस धर्मको नाममा जस्तोसुकै काम पनि गर्न तयार रहेको हामीले पाएका छौँ । मलाई लाग्दैन कि पहिला जे सोचले मानिस बाँचेको थियो, अहिले पनि त्यही सोचले बाँच्नुपर्छ भन्ने । हाम्रो समयअनुसार हाम्रो धर्म र संस्कृतिमा पनि केही परिवर्तन चाहिन्छ ।