Logo

Student Corner

रङ्गीन संसार

Written by: Neharika Panta - 23028, Grade XI

Posted on: 14 March, 2022

हे प्रिय भगवान् ! तिमीले यो संसार बनायौ,

जो धेरै सुन्दर छ,

यहाँ धेरै रङ्ग भरिएका छन् ।


महासागरहरू निला छन्,

र सुन्दर फूलहरू

विभिन्न रङ्गहरूमा रङ्गिएका 

केही राता, केही गुलाबी छन् ।


अनि आकाशमा उडिरहेका चराहरू

निलो आकाश छुन्छन्,

तिनीहरूका सुन्दर पखेटाहरूले

अनि छुन्छन् पानीले भरिएका बादल

र हरियाली देखाउने हरिया रुखहरू ।


हे भगवान् ! तिमीले संसार बनायौ

जो धेरै सुन्दर छ,

धेरै रङ्गले भरिएको

तर मानिसहरूलाई थाहा छैन,

यसको महत्त्व ।