Logo

Student Corner

अब के गर्ने ?

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 14 March, 2022

ऊ बोल्न सक्दैनथ्यो;

सडकको पेटी छेउँमा बस्दै,

दिनभर के पढिरहेको हुन्थ्यो ;

म त्यहीँबाट ओहोर दोहोर गर्थेँ। 


अचानक मेरो दृष्टि ऊ माथि पर्‍यो,

उसले ममाथि दृष्टि पार्‍यो,

उसको हावभाव एकान्त जस्तै,

एकोहोरो हेराइ शान्त स्वभाव । 


कथा दोहोरिदै जाँदा

अचानक एक दिनको कुरा 

ऊ समूह भएछ,

केही विद्यार्थीको झुण्ड

खुसीको जुलुसमा थिए,

सडक तताएका थिए,

नारा घन्काएका थिए ।


के को खुसी थियो ?

के को अबिर जात्रा थियो ?

के को बाजागाजा थियो  

के को उत्सव थियो ?


उत्सव मनाउँदा जनता निराश थिए ,

जनतामा उत्सव थिएन,

जनताकाे जात्रा थिएन,

जनताकाे खुसी थिएन,


उनीहरू नारा घन्काउन छाडेर

कानेखुसी खुसी गर्दै थिए,

एकआपसमा भन्दै थिए,

र भन्दै थिए अब के गर्ने ?