Logo

Student Corner

नेपाली समाज र महिला

Written by: Smriti Lama - 25015, Grade IX

Posted on: 11 March, 2022

महिलाकै कारण आज संसार पूर्ण छ । महिलाकै कारण यो संसार हराभरा र उर्वर छ । महिलाका अनेक रूप छन् -: आमा, दिदी, बहिनी, श्रीमती छोरी आदि । महिला नभएको भए आज यो संसार नै अपूर्ण हुन्थ्यो । जसरी पृथ्वीविना जीवको अस्तित्व सम्भव हुँदैन त्यसरी महिलाविना आजका मानवको जन्म नै सम्भव थिएन ।

पितृसत्तात्मक सामाजिक मूल्य मान्यतामा सदियौँदेखि चली आएको महिला प्रतिको भेदभावपूर्ण व्यबहार नेपाली समाजको यथार्थ हो । नेपाली समाजमा लैङ्गिक विभेद, शोषण र हिंसाका घटना महिलामाथि बढ्दै गएका छन् । यसले महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई समेत कमजोर बनाएकाे छ । महिलाकाे परिवारदेखि समाज विकासमा महत्त्वपूर्ण भूमिका हुदाँहुदैँ पनि राज्यको हरेक क्षेत्रमा महिला सहभागिता एमदम कम छ । हाम्रो समाज परम्परा देखि नै पुरुष प्रधान रहँदै आएको छ । महिलाहरूको उपस्थितिलाई कानुनी रूपमा मान्यता प्रदान गरिए पनि समाजमा पुरुष तथा महिलाको भूमिका, अधिकार आदि परम्परादेखि नै  साँघुरा छन् । । नेपालमा पुरुषसरह महिलाको समान रूपमा सहभागिता हुन नसक्दा महिलाको अवस्था पुरुषको तुलनामा कमजाेर छ । हुनतः महिला र पुरुषलाई एकै रथका दुई पाङ्ग्रा मानिन्छ तर व्यवहारिक रूपमा यस्तो पाइँदैन । नेपाललगायत विश्वका कतिपय मुलकमा पुरुषको तुलनामा महिलाले न्युन अधिकार पाएका छन् । कानुन र संविधानमा अधिकारका कुरा गरे पनि व्यवहारिक रूपमा यस्तो पाइँदैन । महिलालाई नेतृत्वका कामबाहेक अन्य घरायसी काममा थच्चिनु पर्ने अवस्था छ । महिला अधिकारका कुरा गरे पनि महिला हिंसा हराएका छैनन् । श्रीमान् सासुससुरा घरपरिवारका सदस्यकाे हेरचाहमा जीवन बिताउनु पर्ने अवस्था छ । पुरुषलाई जुन सम्मान दिइन्छ त्याे सम्मान नेपाली समाजमा महिलाले कहिले पाउने  ?