Logo

Student Corner

साथी

Written by: Pratik Dongol - 27009, Grade VII

Posted on: 11 March, 2022

खुसी छु म पाएर तिमीलाई साथमा
तिम्रो साथ पाएर छु म यस स्थानमा
मेरै लागि गरेको परिश्रम जान्न तिम्रो
मन्दिरमा खेलेको सुन्दर याद हाम्रो ||१||

पहिलेको सम्झना याद गर्दा म रुन्छु
जहिल्यै म सपना देख्दा तिमी नै देख्छु
तिमीसँग भएको अद्भूत कला सिकायौ
तिमीले जीवनको सही अर्थ बुझायौ ||२||

अर्काका लागि मलाई छोडी साथ दियौ
मेरै भलाइका लागि  आफैसँग झुट् बोल्यौ
तिम्रो लागि भनेर केही गर्न सकिनँ 
तिमीजस्तो पाएर नै मित्र शब्द बुझेँ ||३||

हाम्रो झगडा कहिले काहीँ हुन्थ्यो
तर अन्त्यमा जहिले हामी साथ हुन्थ्यौँ।
तिमीलाई नराम्रो भनेमा माफी पाऊँ
दुखसुख तिमीसँगै सधैँ साट्न पाऊँ ||४||