Logo

Student Corner

बढ्दाे महँगी

Written by: Jiya Sapkota - 25003, Grade IX

Posted on: 10 March, 2022

नेपालमा आम नेपालीको अनुमानित मासिक आम्दानी १५००० देखि ३०००० सम्म होला । विभिन्न घरखर्च, विद्यालय शुल्क, औषधी उपचार आदि खर्च जोड्दा लगभग ८०% मासिक आम्दानी  सकिन्छ । बाँकी २० % ले अचानक आइपर्ने समस्या समाधान गर्न पनि धौधौ हुन्छ । यसो हुनुको भनेको आम्दानी कम हुनु र खर्च बढी हुनु हो । बढ्दो महँगीदरले अहिले सबैलाई गाँजेको छ ।

रुस र युक्रेनबिचको युद्धले अहिले पेट्रोलियम पदार्थमा दिनहुँजसो मूल्य वृद्धि भइरहेको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा दूध, माछामासु खाने तेल, दाल, चामल आदि दैनिक प्रयोगका सामान आकासिएका छन् । आम उपभोक्ताले दैनिक प्रयोग गर्ने सामानहरूको मूल्य आकासिदा जीवन धान्न धाैधाै परेकाे छ । विगत केही वर्षयता महँगीदर तीव्र रूपमा बढिरहेको छ । आर्थिक उपार्जनका स्रोत नहुनु र मूल्य वृद्धि निरन्तर हुनु भनेको बाँच्नका लागि कठिन हुनु हो । महँगीदर उच्च रूपले बढेका कारण व्यापारीहरूको व्यवसाय पनि फस्टाउन सकेको छैन । सामानको भाउ बढ्दा व्यापारीले स्वतः सामानको मूल्य बढाउनुपर्ने हुन्छ । मूल्य बढेपछि १०० रुपियाँकाे सामान किन्न ग्राहकले १०० पटक साेच्नुपर्ने बेला आएकाे छ । बेरोजगारीका कारण मानिस जेनतेन दुई छाक टार्न पनि धौ धौ परेको अवस्थामा महँगीदर बढ्नु भनेको सामान्य आयस्रोत नहुने मानिसको दैनिकी  निकै कष्टकर हुनु हो। महँगीदर कसरी कम गर्ने भन्नेतर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ ।

आजका बालबालिका भोलिका देशका कर्णधार र देशका मेरुदण्ड हुन् भन्ने गरिन्छ । तिनै बालबालिका पढ्ने विद्यालयमा प्रत्येक वर्ष विद्यालयमा बढ्दो शुल्कले विद्यार्थी विद्यालय छाड्ने अवस्थामा छन् । आयस्रोत कमी भएकाले अभिभावक पढाउन सक्ने अवस्थामा छैनन् । महँगीका कारण धेरै भए पनि बढ्दो महँगीले अहिले धेरै नेपालीलाई सताएकाे छ ।