Logo

Student Corner

प्रेरणा

Written by: Rushav Paneru - 28018, Grade VI

Posted on: 10 March, 2022

गुरुहरू सधैँ भन्नुहुन्छ, रुषभ प्रयास त गर न।

आफ्ना कापीका पानाहरूमा, मिठा मिठा शब्द छर न।

अनि ती शब्दहरूलाई लयमा बाँधेर,

कविताको सुगन्ध भर न।


घरमा आमाबुबा पनि उसै भन्नुहुन्छ,

“छोरा कोसिस नछोड है” भनेर।

प्रयास गरेमा जसले पनि देखाउन सक्छ,

संसारमा केही बनेर ।


म पनि प्रयास त निकै गर्छु,

आज त केही न केही लेख्छु भनेर जुर्मुराउँछु,

तर जसै शब्दहरूको भुलभुलैयामा छिर्छू,

कुइरोको काग सरि गन्तव्यहीन भइ हराउँछु।।