Logo

Student Corner

राजनीतिक विज्ञापन

Written by: Jubin Maharjan - 2022026, Grade XII

Posted on: 09 March, 2022

राजनीतिक विज्ञापन भनेको एउटा प्रक्रिया हो, जसमा पार्टीको राजनीतिक व्यक्तित्वले आफ्नो राजनीतिक विश्वास र विचारधारालाई पत्रपत्रिका, लेख, टेलिभिजन वा सञ्चारका कुनै पनि माध्यमबाट विज्ञापन गर्छ । राजनीतिक विज्ञापन मुख्यतया चुनावी प्रचारको अवधिमा गरिन्छ । ती विज्ञापनहरूको प्रयोगले उम्मेदवारलाई दिने लोकप्रियताको कारणले उम्मेदवारले मतदातालाई बेच्ने तरिका हुन सक्छ । 

राजनीतिक विज्ञापनको एउटा महत्त्वपूर्ण पक्ष भनेको उम्मेदवारबारे चेतना जगाउनु र जनतालाई निश्चित पदका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने आधार प्रदान गर्नु हो किनभने यी राजनीतिक विज्ञापनहरूले उम्मेदवारलाई लोकप्रियता हासिल गर्न मद्दत गर्दछ । उम्मेदवारले आफ्नो राजनीतिक सन्देश विज्ञापनहरूमा राख्नु धेरै महत्त्वपूर्ण छ ।

तर जनताले देखेका धेरै राजनीतिक विज्ञापनहरू पूर्णतया सत्य छैनन् । धेरैजसो विज्ञापन जनतालाई भोट हाल्नका लागि मात्रै गरिन्छन् । उम्मेदवारले आफ्नो अवास्तविक राजनीतिक दावीहरूको विज्ञापन गर्न यो झुटाे राजनीतिक विज्ञापन प्रयोग गर्छन् । धेरै राजनीतिक विज्ञापनहरूले मतदाताहरूलाई मतदान गर्न र निश्चित उम्मेदवारको अभियानलाई पछ्याउनका लागि मात्र मतदाताको चाहना पूरा गर्दछन् भने यिनले उनीहरूलाई विश्वस्त पार्ने सामग्री देखाएर मतदाताहरूलाई मनाउन सक्छन् ।

यसकारण जनताले झुटा राजनीतिक विज्ञापनबाट सचेत भएर उम्मेदवारबारे राम्ररी अनुसन्धान गरेर मात्र मतदान गर्नुपर्छ । प्रत्येक व्यक्तिको मत महत्त्वपूर्ण छ र व्यक्तिले विश्वास गरेको र देशको लागि सही उम्मेदवारलाई मतदान गर्न प्रयोग गर्नुपर्छ ।