Logo

Student Corner

गन्तव्य र तिमी

Written by: Aswin Siwakoti - 23014, Grade XI

Posted on: 09 March, 2022

हिँड्दै छु, गन्तव्य खै मेरो ?

काला बादलहरूसामु म

हराएको एउटा पन्छीझैँ

भौतारिरहन्छु, त्यो बाटाको खोजीमा ।

 

मेरा पैताला र उसका पखेटा

एक अर्कालाई समेट्दै

पुगुँला त पारि ?

 

वायुलाई सोधिहेरेँ,

समस्त नभमा खोजिहेरेँ,

चारैतिर केवल तिम्रो नै नाम थियो,

जब अन्धकारको धारालाई चिरिहेरेँ,

खुसी छु, पुगेको छु म मेरो गन्तव्यमा 

र राख्ने छु तिमीलाई 

सधैँभरि यो मनमा ।