Logo

Student Corner

संयुक्त राष्ट्रसङ्घमा नेपालकाे भूमिका

Written by: Kriti Nepal - 24010, Grade X

Posted on: 09 March, 2022

संयुक्त राष्ट्र सङ्घ एक अन्तराष्ट्रिय संस्था हो । यसको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। यसमा हाल १९३ राष्ट्रहरू सदस्य छन् । जसमा संसारका धेरै जसो देशहरू पर्छन् । सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस् भन्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो । नेपालले यसकाे सदस्यता सन् १९५५ डिसेम्बर १४ मा पाएकाे हाे । खासगरी अन्तर्राष्ट्रिय सङ्घर्षमा हस्तक्षेप गर्ने सहज होस् भनी दाेस्राे विश्वयुद्धका विजयी राष्ट्रहरू मिलेर यसको स्थापना भएको हो। तिनको सोचाइमा दोस्रो विश्वयुद्धमा भोगिएको विध्वंस संसारले फेरि भोग्नु नपरोस् भन्ने थियो ।

नेपालले पनि अन्तर्राष्ट्रिय शान्ति सुरक्षाका लागि धेरै पहिलेदेखि निरन्तर (संयुक्त राष्ट्र शान्ति स्थापना कार्यहरू) (यु एन.पिस किपिङ अपरेशन) मा सहभागिता जनाउँदै आएको छ । सयुंक्त राष्ट्रसंघमा नेपालले पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

१ शान्ति स्थापना कार्यमा सहभागिता: नेपालले युएनओको सदस्य भएदेखि शान्ति स्थापना कार्यमा सक्रिय सहभागिता जनाएको छ । नेपालले शान्ति स्थापनार्थ नेपाल प्रहरी, नेपाली सेनाहरूलाई विभिन्न देशमा शान्ति सुरक्षा कायम गर्न पठाएको छ । नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सुरक्षामा योगदान दिने देशहरूमध्ये चौथो नम्बरमा पर्छ।

२.निशस्त्रीकरणको लागि समर्थन : नेपालले निशस्त्रीकरणको समर्थन गर्न विभिन्न सन्धिहरूमा हस्ताक्षर पनि गरेको छ । आणविक हतियारको प्रयोग र निर्माणको विरुद्धमा पनि हस्ताक्षर गरेको छ ।

३. विभन्न देशको न्यायका लागि आवाज उठाउँदै आएको : नेपाल जहिले पनि शान्तिको पक्षमा भएकाले आक्रमण र हिंसाका विरुद्ध आवाज उठाउँदै आएको छ । नेपाल युएनमा सबै राष्ट्रहरूले उचित अधिकार पाउनुपर्छ भन्ने कुरामा आवाज उठाउँदै आएको छ । अल्पविकसित र विकासोन्मुख राष्ट्रका हितमा नेपालले आवाज उठाउँदै आएको छ ।

४.युएनमा प्रतिनिधित्व : नेपाल राष्ट्रसंघीय सुरक्षा परिषदको स्थायी सदस्यको रूपमा निर्वाचित भइसकेको छ ।

यसरी नेपालले शान्ति सुरक्षा निशस्त्रीकरणमा समर्थन सही कुराको लागि आवाज उठाएर संयुक्त राष्ट्रसंघमा महमहत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैगरी युएनले पनि नेपालको विकास व्यवस्थापन लोकतन्त्र र शान्ति स्थापनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।