Written by: Adhit Upadhyay - 22003, Grade XII
Posted on: 07 March, 2022
झुल्किल्छु अनि सम्झन्छु,
तिमीलाई र तिमीसँग बिताएका ती पलहरू
सोमरसको नशामा याद गर्छु,
हाम्रा ती रमाइला प्रेमिल रातहरू
ती मिठा बातहरू
र कहिले छोड्दिनँ भन्ने ती झुटा आसहरू ।
प्रिय,
दुख्ने मन आफैँ दुख्छ,
दुखाउनु पर्दैन,
पीडा थप्न फेरि कोही नजिकिनु पर्दैन ।
जीवनभर सँगै रहाैँला, हाँसौला भन्ने
ती रहरका हाँगाहरू भाँचिन थालेका छन्,
ढकमक्क परेका सूर्यमुखी फुलहरू
ओइलाउन थालेका छन्,
खुला आकाशमा आएका
इन्द्रेणी र चराचुरुङ्गीको आवाज
हराउन थालेका छन्,
कहिले नखस्ने ती आँसुका धाराहरू
आजकल सुलुसुलु बग्न थालेका छन् ।
भनिन्छ समय एकनास हुँदैन,
पालो सबैको आउँछ,
छि ! भनी फालेको त्यो झुसिल किरा पनि
एक दिन पुतली बनी उड्छ ।