Logo

Student Corner

केही फर्केर आउला र ?

Written by: Tatsam Gautam - 23045, Grade XI

Posted on: 07 March, 2022

त्यो बाल्यकालमा देखेको मनमाेहक दृश्य,

फर्केर आउला र ?

त्यो सफा आकाश

त्यो खुला वातावरण

फेरि फर्केर आउला र ?

त्यो धुलो, फोहोर नहुँदाकाे स्वच्छ वातावरण 

मास्क नलाउने अवस्था

फेरि फर्कला र ?

 

ती काटिइसकेका अनेकौँ रुख, बोट, बिरुवा 

जसले आफ्नो घरलाई 

अलिकति भए पनि सुन्दर बनाउँथे,

फेरि फर्केर आउलान् र ?


 

ती बच्चाहरू खेल्न जाने गरेका मैदानहरू 

जहाँ अहिले ठुलठुला भवनहरू बनेका छन्,

फेरि फर्केर आउलान् र ? 

र अनेकौँ मानिसले देख्न नपाएकाे 

त्याे सफा बागमती

फेरि फर्केर आउला र ?