Logo

Student Corner

दुःखीका पनि दिन आउँछन्

Written by: Simone Shree Pathak - 24006, Grade X

Posted on: 07 March, 2022

कुनै एउटा गाउँमा सुरज नाम गरेको एउटा केटा बस्थ्यो । उसको घरमा काकाकाकी र उनीहरूको छोरा करण थियो । सुरजका बाबुआमा ऊ सानै हुँदा परलाेक गएका थिए । बाबु आमा नभएको सुरजलाई काकाकाकी ले हेला गर्थे । विद्यालयमा पनि उसलाई धेरै साथीले जिस्काउँथे । ऊ सबै सहन्थ्याे । कुनै प्रतिकार गर्दैनथ्याे 

दिनदिनै सबैको हेला र घृणाको पात्र भए बस्नुभन्दा घर छाड्नु उपयुक्त विकल्प भएको सोच्छ र घरबाट भाग्ने योजना बनाउँछ । एक रात सुरज काका सुत्ने कोठामा गएर काकाको तिजोरीबाट त्यहाँ भएको सबै पैसा निकाल्छ र घरबाट निस्किन्छ । घरबाट भागेपछि अन्त कतै नगई विदेश जाने योजना बनाउँछ । विदेशमा गएर मानिसले धेरै पैसा कमाएको आफ्नै घर बनाएको देख्छ । ऊ पनि पैसा कमाएर आफ्नै घर बनाएर बस्ने योजना बनाउँछ ।

विदेश जाने काम सोचे जस्तो सजिलो हुँदैन भन्ने सोचेर विदेश गएर पढ्ने योजना बनाउँछ । विदेश जाने सम्बन्धित निकायमा सम्पर्क गर्छ र विदेश जान्छ । विदेश पढ्न गएपछि पढ्दै जागिर पनि गर्छ । हुनत : उसले सोचे जस्तो सजिलाे हुँदैन । त्यहाँ पनि उसले पढ्नका लागि सङ्घर्ष गर्छ। अन्ततः आफ्नो पढाइ पूरा गरेपछि ऊ दीक्षित हुन्छ । अनि उसले राम्रो कम्पनीमा जागिर खान्छ। जागिर खाँदै गर्दा उसका नयाँ नयाँ साथी बन्छन् । अनि सबै मिलेर एउटा उद्योग खोल्छन् ।

समय बित्दै जाँदा उसलाई आफ्ना काकाकाकीको याद आउँछ । आफू सानो हुँदाको गाउँ अहिले कस्तो भयो होला भन्ने सम्झन्छ । अनि गाउँ जाने निर्णय गर्छ। गाउँ जान्छ र काकाकाकीसँग माफी माग्छ । काकाकाकीले पनि आफूले उसलाई नराम्रो व्यवहार गरेको सम्झन्छन् । अनि उससँग माफी माग्छन् । उसले करणलाई नदेखे पछि सोध्छ । उनीहरू केही बोल्न सक्दैनन् । आँखाबाटआँसु चुहाउँछन् । करणको मृत्यु भएको कुरा उसले थाह पाउँछ । काकाकाकीलाई अङ्‌गालो हालेर रुन थाल्छ । उनीहरूले उसलाई विदेश नगई त्यही बस्न आग्रह गर्छन्। ऊ एकपटक विदेश गएर आफ्नो काम हरहिसाब मिलाएर आएपछि त्यही बस्ने निर्णय गर्छ । यो सुनेर उनीहरू खुसी हुन्छन् । अब बिगत बिर्सेर वर्तमानमा रमाउन थाल्छन् ।