Logo

Student Corner

फूल

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 07 March, 2022

रङ्गीचङ्गी फूलहरू फुली सौन्दर्य बन्यो घर। 

यिनै फूलबिच भुलेर भमरा गर्छन् सधैं फुरफुर।।

बेली चमेली भिन्न रूपका मेरो बगैंचाभरि।

हेर्दै लोभलाग्दा छन् फूलहरू  त्यसमा सुगन्ध छरी।।

डुल्छन् अनेकाैँ रूप रङ्गका फूलमा पुतली पनि।

लट्ठै पार्ने भुनुभुनु भमरा गुन्जे त्यसैमा अनि।।

चारजात छत्तिस् वर्णको फूलबारी मेरो देश।

फूलकै जस्तो नरम र रसिलो भाषा र मेरो भेष।।

वर्णन गर्न सकिन्न फूलको छोटो कुरामा छिट्टै।

आँखाबाट रसपान गर्दा फूलको स्वाद छ मिठै।।

सानो छु तर हेर्ने नजर गहकिलो विस्तार गर्दै छु म।

मेरा साथी सङ्गी ,गुरुवर्ग सबमा आदरपूर्वक अर्पण।

पूजा होस्, चाडपर्व जति छन् तिम्रै छ आवश्यकता।

मर्दा होस वा खुशी रमझम फूलकै छ नी मान्यता।

फूल छैन  भने खल्लो हुन्छ  चाडबाडमा ।

श्रद्धाको एक अञ्जुली फूल लिई गर्छु अर्पण।