Logo

Student Corner

तिमी लेख नलेख ।

Written by: Manisha Gurung - 22030, Grade XII

Posted on: 04 March, 2022

किताबको किरा मात्र बनेर 

संसार जित्न सक्छु भन्ने ठान्छौ भने

भयो, तिमी लेख नलेख ।

सामाजिक सञ्जालमा दिनरात बिताउन सक्ने तिमी,

लेख लेख्न समय हुँदैन भन्छाै,

कठै ! लेख लेख्दा तिम्राे अमूल्य समय खर्च हुन सक्छ,

त्यसैले भन्दै छु, तिमी लेख नलेख ।

 

खेल खेल, टिकटक बनाऊ, फेसबुक र इन्स्टा चलाऊ,

लेख लेख्दा तिम्रो बौद्धिक क्षमता बढ्न सक्छ,

त्यसैले भन्दै छु, तिमी लेख नलेख ।

 

फोटामा कति लाइक र कमेन्ट आए ? गनेर बस्नू,

तर लेख लेख्दा तिम्रो लेखनमा सुधार आउन सक्छ,

त्यसैले भन्दै छु, तिमी लेख नलेख ।

 

कुन कलाकार कोसँग हिँड्दै छ र बोल्दै छ ?

अनुसन्धान गरेर अनेक थरी टिप्पणी दिएर बस्नू,

तर लेख लेख्ने प्रयास नगर्नू, 

लेख लेखनले अनुसन्धानकाे भाेक बढाउँछ,

त्यसैले भन्दै छु, तिमी लेख नलेख ।

 

लेख लेखेर तिमीमा सकारात्मक परिवर्तन पक्कै हुने छ,

भलै नलेखे शिक्षकले कराउनुहुने छ तिमीलाई

तर मित्र ! तिमी लेख नलेख ।

 

केही नयाँ कुरा थाहा हुन्छ, 

त्यसैले तिमी लेख नलेख,

केही न केही पक्कै सिकिन्छ, 

त्यसैले तिमी लेख नलेख,

लेख लेखेरै धेरै कुरा जानिन्छ, 

त्यसैले तिमी लेख नलेख !!!