Logo

Student Corner

जीवन र मृत्यु

Written by: Asim Paudel - 23013, Grade XI

Posted on: 03 March, 2022

सबैको जीवनको एक समय हुन्छ, 
जसको अन्त्यमा मृत्यु आउँछ,
हामीले आफ्नो जीवनलाई प्रेम गर्नुपर्छ, 

मृत्युले प्रेम गरे फेरि रुनुपर्छ । 

जीवनको अभिन्न मित्रजस्तो हुन्छ मृत्यु, 

 

तर तिनमा धेरै भिन्नता हुन्छ, 
एउटाले सबैलाई खुसी बनाउँछ, 
भने अर्कोले धेरैलाई दुःख दिलाउँछ । 

जीवन र मृत्यु एक अर्काका विपरीत हुन्छन्, 

तर दुवै नभए संसार अधुरो हुन्छ, 

जीवनलाई सबैले मन पराउँछन्, 
तर मृत्युदेखि सबै डराउँछन् ।