Written by: Sarjan waiba Tamang - 24009, Grade IX
Posted on: 03 March, 2022
अड्की गएँ खै किन शून्यतामा आज
भुली गएँ त्यो तस्बिर भिडहरू माझ
बाटाे हेर्दा कुर्दा परिसक्याे साँझ
गर्ने मेराे चाह छ; है त्याे दिलभित्र राज ।
गुलाबी त्यो तिम्रो संसारमा
डुब्ने रहर थियो र छ अधरमा
तिम्रो न्यानो अङ्गालोमा हराउन मन छ
त्यो दिलभित्र यो दिल मेरो बसाउन मन छ ।
दिनहरू गनी कुरी बसूँ बसूँ लाग्छ ।
जून जस्तो त्यो मुहार म कसोरी भुलूँ ?
छायाँ बनी हिँड्छु म त तिम्रै वरिपरि।
तिम्रो याद किन आउँछ मलाई घरीघरी।
किनाराले किनारालाई पर्खी बसे जस्तै।
पर्खेको छु मैले पनि तिमीलाई उस्तै।।
के वर्णन गरूँ खै छैन शब्द अहिले।
मेरो जीवन रहेसम्म दिन्न धोका कैले।।