Logo

Student Corner

नेपालका वन जङ्गल

Written by: Bibechana Dangol - 30009, Grade IV

Posted on: 03 March, 2022

हाम्राे देश नेपाल प्राकृतिक सम्पदा र वन जङ्गलले भरिएकाे देश हाे । नेपाली वन त्यसमाथि पनि  जडिबुटीकाे खानी पनि भएकाले हरियाे वन नेपालकाे धन भन्ने भनाइ प्रसिद्ध छ । प्रशस्त वनजङ्गल हुनु निकै फाइदाजनक हुन्छ । पहिलाे वातावरणलाई स्वच्छ राख्नलाई रूखविरूवाकाे महत्वपूर्ण भूमिका रहन्छ । वनका जडिबुटीले ज्यान बचाउने काम गर्दछ । बाढी,पहिराे र भूक्षय हुनबाट जाेगाउँछ । यसैगरी वनजङ्गलले पानीका स्राेतलाई पनि संरक्षण गर्दछ । वनजङ्गलले घाँसपात,दाउरा त उपलब्ध गराउँछ नै त्यसमा पनि घर बनाउने काठ पनि हामीले पाउँछाैँ । 

वन जङ्गली जनावरकाे वासस्थान हाे । वनमा रहने जनावरहरूले पृथ्वीलाई नै सुन्दर बनाउँछन् । यिनै जनावरहरूलाई हेर्नका लागि देशविदेशबाट पर्यटकहरू आउँछन् जसले विदेशी मुद्रा आर्जन गर्न पनि सहयाेग पुग्छ । 

अहिले दिनप्रतिदिन वनजङ्गल विनाश हुँदै गएकाे छ । यसले नेपालमा मात्र नभइ सम्पूर्ण पृथ्वीलाई नै असर पारेकाे छ । हामीले वनजङ्गल विनाश गर्नेलाई सजाय दिनुपर्छ । एउटा रूख काट्याैँ भने दसवटा रूख राेप्नुपर्छ ।