Logo

Student Corner

मिठो बोली

Written by: Eva Adhikari - 29012, Grade V

Posted on: 03 March, 2022

अरुको अहित नगर्ने,सुन्दा नरम शैलीकाे  बोली नै मिठो बोली हो । हामी सबैले मिठो बोली बोल्नुपर्छ । हामीले मिठो बोली बोल्यौ भने सुन्नेलाई पनि सुनौँसुनौँ लाग्छ । मिठो बोल्ने मानिसहरुलाई सबैले मन पराउँछन्,सहयोग गर्छन् । बोलीबाट पनि मानिसलाई बुझ्न चिन्न र उसको व्यवहार थाहा पाउन सकिन्छ । कसैलाई दुःख पर्दा दुई वचन मिठो बोलेर सम्झायौँ भने उसको दुःख अलिकति भएपनि कम हुुन सक्छ ।

झर्केर बोल्नु, ठुलोठुलो श्वरमा कराउनु,नमिठो वा नराम्रो बोली हो ।जो मानिस नमिठो बोल्छ उसलाई कसैले पनि मन पराउँदैनन् र उसलाई आपत् परेको बेलामा कसैले सहयोग गर्दैनन् । त्यस्ता मानिसको साथीभाइहरु पनि धरै हुँदैनन्। त्यसैले हामीले नमिठो वा नराम्रो बाेली बोल्नु हुँदैन ।


 

हामीले नमिठो बोली बोल्यौँ भने हाम्रो भाइबहिनीले पनि त्यहि सिक्छन। त्यसैले हामीले आफूभन्दा सानासँग बाेल्दा  राम्रोसग बोल्नुपर्छ। अतः हामीले मिठो बाली बोल्ने बानी बसाल्नुपर्छ ।