Logo

Student Corner

रङ्गको पहिचान

Written by: Adhit Upadhyay - 22003, Grade XII

Posted on: 02 March, 2022

जुन दिनदेखि मैले तिमीलाई 
कालो रङ्गको लुगामा देखेँ, 
चिटिक्क परेको तिम्रो कपालमा देखेँ,
मलाई कालो रङ्ग मन पर्न थाल्यो ।

जब तिम्रो हँसिलो मुहारमा 
रसिलो गुलाबी ओठ देखेँ, 
मलाई गुलाबी रङ्ग मन पर्न थाल्यो ।

मलाई रङ्गको पहिचान तिमीबाट भयो, 
मैले सयथरीका रङ्ग देखेँ,  
मलाई रङ्ग मन पर्न थाल्यो ।