Logo

Student Corner

लाहुरे जीवन र देशकाे माया

Written by: Hardik Sharma Phuyal - 29047, Grade V

Posted on: 02 March, 2022

देशको लागि मरीमेट्न सके पनि  हुन्थ्यो
छातीको रगतले चिठी लेख्न सके हुन्थ्यो
विदेशका लागि लडाईँ  गर्न तयार हुनुपर्यो
विदेशमै जीवन हाम्राे अर्पण भइरह्यो
आफ्नो देशका लागि काम गर्ने बेला भयाे
विदेशीले हाम्राे देशलाई किन हेला गर्याे?
अब त म आफ्नाे देशको सीमानामै झर्छु
मर्नै परे देशका लागि हाँसीहाँसी मर्छु 
देशलाई कुनजरले हेर्ने जतिलाई
आऔँ मिलाैँ एकजुट भई  हामी दाजुभाइ
देशको माटो  शिरमा दली लड्न तयार बनाैँ
देशका लागि बाचाैँ अनि यसकै लागि मराैँ
हेर्न आऊ साथी हाम्राे नेपाल  सारै राम्रो 
नेपालका नेपाली हाैँ दाजुभाइ  हाम्रो 
लाहुरे जीवन कताकता जीवन पोखीरह्यो
अरूलाई सुरक्षा छ देश राेइरह्याे
सम्झिन्छु म आफ्नो जहान जहिले रोईराेई
आफ्ना मेरा आफन्त नै कता छन् खाेई? 
विदेशमा जानासाथ इलाम खोज्नु पर्यो
इलामको  खोज्न नसकेर एउटा साथी मर्यो
विदेशमा ज्यानलाई सधैँ जाेखिम माेल्नुपर्ने
देशमै बसी काम गर्ने माैका हुनुपर्ने
नसोच कि  नेपालबाट टाढा भाछाैँ हामी
नेपाललाई  आइपरेमा दिन सक्छाैँ ज्यानै