Written by: Binaya Rijal - 22020, Grade XII
Posted on: 28 February, 2022
त्यो गहिराइमा पुगेर
खोल्नु छ सबै ढोकाहरू
उड्नु छ माथि माथि
कोही, कसैले नछुने गरी ।
समयको बोध नगरी
कसैको कुरामा ध्यान नदिई
बुझ्नु छ सारा जिन्दगी ।
चिलजस्तै बाँच्नु छ,
शब्दको सिकार गरेर
पानीजस्तै बग्नु छ,
आफ्नो बाटामा निरन्तर
निश्चल निश्चल, कोमल कोमल ।
हुनु छैन संसारको मलाई
केवल मेरो संसारको
एकलौटी राजा हुनु छ,
संसार अनौठो छ,
र त मलाई मेरो हुनु छ ।
भ्रमको दायरा तोडेर
उठ्नु छ माथि माथि
जस्तै सडकले यात्री भुल्ला, नभुल्ला,
यात्रीले सडक भुल्नुहुन्न,
भन्दै छु, यथार्थ भन्नुहुन्न ।
कफीको तातो बाफजस्तै छ जिन्दगी
घोडाको लगामजस्तै छ जिन्दगी
घिस्रिँदा घिस्रिँदै
कुन मोडमा सेलाउँछ,
पत्तै हुन्न ।
धर्मले बाँधेको छ,
कर्मले साँधेको छ,
अबोध अबोध छ,
याे जिन्दगी
त्यसैले मलाई उड्नु छ ।