Logo

Student Corner

माया

Written by: Subham Rimal - 23065, Grade XI

Posted on: 28 February, 2022

धेरै मान्छे भेटेको छु,
तर तिमीजस्तो कोही छैन,
माया के हो जान्न खोजेँ,
के तिमीलाई यसमा चासो छैन ?

आऊ, सँगै पत्ता लगाऔँ,
माया साँच्चै के पो रै’छ ?
अरूको मायाप्रीतिमा
मान्छे कसरी डुब्दो रै’छ ?  

एक्लै हिँडेँ उत्तर खोज्न,
तिमीलाई बाटामा भेटेँ, 
भेटेपछि तिमीलाई
एक्लै हिँड्ने विचार मेटेँ ।

सायद तिमीलाई उत्तर थाहा छ,
वा सायद तिमी नै मेरी उत्तर हौ, 
माया के हो ? पत्ता लगाउने क्रममा
आफ्नो आँखामा मलाई डुबाउँदै छौ ।

तिमीसँग केही समय बिताएँ,
अब जवाफ चाहिँदैन मलाई
एउटा कुरामात्र माग्छु तिमीसँग,
नजानू एक्लै छोडेर मायाको झिल्को जलाई ।