Written by: Angel Dhimal - 25002, Grade IX
Posted on: 28 February, 2022
म बिस्तारामा थिएँ । नयाँ बर्ष आउन थालेको थियो । आमा बाबा समाचार हेर्दै हुनुहुन्थ्याे । केही समयपछि समाचार सकियो । म गएर अर्को च्यानल लगाउन थाले त्यति नै बेला बाबाले चिनमा काेराेना भन्ने भाइरस आएछ । याे नयाँ किसिमकाे भाइरस हाे रे, कहाँबाट आयाे कसैलाईथाहा छैन रे भन्नुभयो । बाबाले समाचारमा यी सबै कुरा आएकाे रे भन्नुभयाे । कुरैकुरामा विद्यालय जान पनि ढिला भयाे । हतार गरेर म विद्यालय पुगेँ । विद्यालयमा पनि काेराेना भाइरसकाे कुरा चलेकाे रहेछ । । बेलुका छुट्टी भएपछि म घर आएँ । मोबाइल चलाउनु पर्यो भनेर मोबाइल खोलेको त जता तेतै कोरोनाको खबर थियो। मलाई काराेना भाइरसले त्यस्ताे जटिल रूप लिँदैन भन्न्े लागेकाे थियाे । त्यसैले मैले त्यति वास्ता गरिनँ ।
जति दिनहरू बढ्दै गए त्यति नै काेराेना भाइरसकाे हल्ला बढ्दै गयाे । यता काठमाडौंमा पनि कोरोना सङ्क्रमित देखिन थाल्याे । विद्यालयले पनि छिटाे छिटाे परीक्षा सकेर बिदा दिने निर्णय गरे । । हाम्रो स्कुलले पनि त्यसरी नै छिटो परीक्षा सकेर हामीलाई बिदा दियो । बिदा हुने खबर सुनेर सबै जना खुसी भए। विद्यालयले वैशाख १५ देखि कक्षा हुने सूचना पठाएकाे थियाे । त्यतिबेला काेराेना फैलिएकाे थिएन तर त्रास चाहिँ धेरै थियाे । धरै मानिसहरू गाउँतिर लागेका थिए । हामी पनि आफ्नाे गाउँ रौतहट गयौँ । गाउँ पुगेपछि धेरै रमाइलो भयो। काेराना सङ्क्रमित बढ्दै गएका थियाे । लकडाउन पनि थपिँदै थियाे । जताततै सुनसान थियाे । विद्यालय खाेल्ने परिस्थिति नदेखिएपछि हाम्राे विद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गर्यो । वैशाख १५ गतेदेखि हाम्रो अनलाइन क्लास सुरु भयो । सुरुमा त अनलाइन कक्षा पनि रमाइलाे लागेकाे थियाे तर ती कक्षामा इन्टरनेटका कारण धेरै समस्या देखिएपछि विद्यालयमा नै गएर सिक्न पाए हुन्थ्याे भन्ने लाग्याे । मेराे गाउँमा नेटको समस्या धेरै थियो। कहिले बत्ती बत्ती नै आउँदैन थियो । यस्तो भएको भएर मैले राम्रोसँग कक्षा लिन पाइनँ। गाउँमा भएको भएर मलाई त्यति कर्फ्यु र लकडाउनमा बसेकोजस्तो भएन । गाउँघरतिर कसैलाई पनि मतलव नहुँदो रहेछ । यसरी नै वैशाख बित्यो, जेठ, असार, साउन बिते । प्रथम चाैमासिक परीक्षा पनि अनलाइनबाटै सम्पन्न भयाे । लकडाउन खुल्ला र विद्यालय जान पाइएला भन्ने आशा गर्दागर्दै लकडाउनकाे समय थपिँदै जाँदा हाम्राे आशा निराशामा परिणत हुँदै गयाे । काेराेना लाग्ने र काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्या पनि बढ्दै गएकाे थियाे । दसैँतिहार पनि बिते तर दसैँ तिहार पहिलेजस्ताे रमाइलाे पनि भएन । इन्टरनेट त्यति राम्राे नभएकाे कारण मैले अनलाइन कक्षा पनि राम्रोसँग लिन पाएकी थिइनँ । त्यसैले हामी काठमाडाैँ जाने निर्णय गर्याैँ । त्यतिबेलासम्म खाेप पनि आउन थालेकाे थियाे । नेपालमा काेराेना सङ्क्रमित पनि घटेका थिए । त्यसैले हाम्राे विद्यालय पनि खुल्ने भयाे ।
झन्डै नै ८,९ महिनापछि हामी स्कुल जान पायाैँ । विस्तारै अवस्था सामान्य हुन थाल्याे । हामी विद्यालय आएर पढ्न र खेल्न थाल्याैँ । दिनहरू रमाइला हुन थाले । शान्त अवस्थामा नै परीक्षा पनि दियाैँ । फेरि पनि देश विदेशमा काेराेनाले नयाँ रूप लिएका समाचारहरू आएका छन् । छिमेकी देश भारतमा फेरि काेराेनाले तहसनहस बनाएकाे छ । मान्छेहरू पनि मरेका छन् । नेपालमा पनि काेराेनाका बिरामी दिनप्रतिदिन बढेका छन् । फेरि पनि अवस्था नाजुक बनेकाे छ । अबका दिनहरू कसरी बित्ने हुन् केही थाहा छैन । त्यसैले अब आउने परिस्थिति के हुने हाे भन्ने चिन्ता लागेकाे छ ।